७ बैशाख २०८१, शुक्रबार

प्रशिक्षण चलाउँदै एमालेको स्कूल विभाग
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको केन्द्रीय स्कूल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवासंघ लगायत जनसंगठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई ३ दिने प्रशिक्षण दिइने उल्लेख छ ।\

पार्टीका उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो ।

विभागले आगामी पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने गरी बनाएको योजनालाई चाँडै अन्तिमरूप दिँदैछ ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech