बाँके\बाँकेको कोहलपुरमा स्थापना गरिएको नापी र मालपोत कार्यालय पूर्वाधार र कर्मचारी अभावमा सञ्चालनमा आउन सकेको छैन । नापी र मालपोत कार्यालय स्थापनाको खवर पाएपछि सेवा लिन पुगेका सेवाग्राहीहरु भने रित्तो हात फर्किन बाध्य भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशक नै आएर गएको एक हप्ता अघि कार्यालय उद्घाटन गरिएको थियो ।
उपसचिवस्तरका प्रमुख रहने नापीमा र मालपोतमा ५५ जना कर्मचारीको दरबन्दी तोकिएको छ । नापी र मालपोतलाई कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथसहित तीन पालिकाको क्षेत्राधिकार तोकिएको छ । नापी कार्यालय, बाँकेका प्रमुख सहदेव सुवेदीले बजेटसँगै दरबन्दी सुनिश्चितको प्रक्रियामा रहेको बताए ।