१६ चैत्र २०८०, शुक्रबार

विद्यालयमा संविधान दिवसको चर्चा
  • न्युज मानसराेवर

बाँके\नेपालको सबिधान जारी भएको आज ७ बर्ष पूरा गरेर आठौंमा प्रबेश गरेको अवसरमा आइडियल पब्लिक हाई स्कुलले आज संविधान दिवस मनाएको छ।

बिधालयको सभा हलमा आयोजित कार्यक्रममा नेपालको सबिधानको एतिहासिक पृष्ठभुमि,सबिधानको महत्त्व बारे प्रशिक्षण गरिएको हो।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सबिधान लाई संस्थागत संगै संविधान कार्यन्वयनका सम्पुर्ण आम नागरिकहरु जुट्नु पर्ने बक्ताहरुले जोड दिएका छन।

कार्यक्रममा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष बदरे आलम खान,पुर्व अध्यक्ष असलम खान,प्रधानध्यापक बिरेन्द्र श्रीवास्तव,एड्मिन इन्चार्ज ईलयास अन्सारी,नेपाली बिषय शिक्षक गोबिन्द पौडेल,सामाजिक शिक्षक आदिल अन्सारी ,डिसिपिलिन इन्जार्च अफाक शेख ,मोहम्म्द उमर रङ्रेज लगायतले आआफ्नो भनाइ राखेका थिए ।

 

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech