७ बैशाख २०८१, शुक्रबार

शंकर पोखरेललाई महराको ‘वाकओभर’ !
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग दाङको क्षेत्र नं २ मा गठबन्धनको समेत साथ पाएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिकको सहज यात्रा रोजेका छन् ।

दाङको क्षेत्र नं १ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महरा समानुपातिक सूचीमा परेका हुन् । महरा दाङको क्षेत्र नं २ मा गठबन्धनबाट समेत सर्वसम्मत छानिएका थिए ।

पार्टी प्रवक्तासमेत रहेका महरा आफ्नै क्षेत्रमा रहेका धेरै माओवादी नेता-कार्यकर्ताले साथ छाडेपछि डराएको आंकलन गरिएको छ । यसअघि उनी रोल्पा र दाङबाट पटक-पटक निर्वाचित भएका थिए ।

सोमबार निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा खस आर्य समुदायबाट महरा एक नम्बर रहेका छन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्न नसकिने र रोल्पामा अरु नेताहरुलाई छाड्नपरेकाले उनले समानुपातिकको सहज बाटो रोजेको माओवादी नेताहरुको भनाइ छ ।

महरा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट चुनाव जितेका थिए । दोस्रो जनआन्दोलनपछि अन्तरिम विधायक बनेका उनी २०६४, २०७० र २०७४ साल भएका निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी उपप्रधानमन्त्रीसहित ५ पटक मन्त्री तथा सभामुख भइसकेका छन् । माओवादीमा सबैभन्दा धेरै अवसर पाउने नेताको सूचीमा उनी रहेका छन् ।

  • ४ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech