१२ बैशाख २०८१, बुधबार

आजको मौसम : सुदूरपश्चिम भारी वर्षा, अन्य प्रदेशको मौसम सामान्य
  • न्युज मानसराेवर

बाँके\हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech