१९ आश्विन २०७९, बुधबार

नेता भट्टराई भोली बर्दिया आउदै
  • न्युज मानसराेवर

बर्दिया \नेकपा एमाले सचिव तथा पुर्व मन्त्री योगेश भट्टराई भोलि बर्दिया आउने भएका छन।

बर्दियाको बढैयाताल ३ भोलागौडिको खेल मैदानमा माछापुच्छ्रे युवा क्लबको आयोजनामा भोलिबाट शुरु हुन लागेको जिल्ला स्तरिय खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका लागि नेता भट्टराई बर्दिया आउन लागेका हुन ।

शुक्रबारबाट शुरु हुने खेलमा बर्दियामा अहिले सम्मकै ठुलो धनराशि  दश लाख   प्रथम पुरस्कार रहेको छ भने  दोस्रो पुरस्कार एकाउन्न हजार   रहेको क्लबका सचिव मुकुन्द शर्माले जानकारी गराएका छन। प्रतियोगिताका लागि प्रथम पुरस्कार समाजसेवि प्रकाश कोईरालाले आफ्ना बुबा स्व. शिव प्रसाद कोईरालाको स्मृतिमा प्रथम पुरुस्कार प्रदान गर्ने छन।

नेता भट्टराईले भोलि नै बढैयातालमा  नेकपा एमालेका जिल्ला कमिटी , पालिका कमिटी,  वडा कमिटीका अगुवा कार्यकर्ता सँग  छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गर्ने  राष्ट्रिय युवा संघ नेपाल बर्दियाका अध्यक्ष मोहन जंग पौडेलले जानकारी गराएका छन।  प्रतियोगितामा सहभागिताका लागि क्लब दर्ता आज सम्म रहेको र अहिले सम्म १३ वटा क्लब दर्ता भइसकेको आयोजकले बताएको छ ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech