६ चैत्र २०८०, मंगलवार

बाहिरिँदै मनसुन
  • न्युज मानसराेवर

बाँके\नेपालबाट मनसुन बाहिरिने क्रममा छ। यसपालि मनसुन सकिने मिति अक्टोबर २ (असोज १६) हो। तर, यो मितिमा पनि केही तलमाथि हुन सक्ने मौसमविद् बताउँछन्।

अहिले वर्षा पनि कम भइसकेको छ। आजकै मौसम पूर्वानुमान हेर्ने हो भने पनि सामान्यतया सफा रहने अनुमान गरिएको छ।

हाल मधेश प्रदेश र बागमती प्रदेशलगायतका देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भूभागको भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि राति भने देशभरकै मौसम सामान्यता सफा रहने महाशाखाको भनाइ छ।

त्यस्तै भोलि (शनिबार) र आइतबार पनि मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech