७ पुष २०८१, आईतवार

राप्तीमा बज्यो खतराको साइरन
  • न्युज मानसराेवर

बाँके\बाँकेस्थित राप्ती नदीमा जलस्तरले खतराको संकेत पार गरेको छ। यसअघि नै बर्षातको पूर्वानुमान गरिएको थियो।

अविरल रूपमा परेको वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा पानीको सतह निरन्तर बढिरहँदा राप्तीनदीको तल्लो तटिय क्षेत्रका केही गाउँहरु डुबानमा परेका छन्। सोही वर्षातको कारण राप्ती नदीमा बुधबार दिउँसोदेखि नै पानीको सतह खतराको चिन्ह भन्दा माथी पुगेका छ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रले आज बिहान साढे ६ बजे पानीको सतह ६.३५ मिटर र बिहान १० बजे ६.२८ मिटर कायम रहेको गेज रिडर भद्रबहादुर थापाले बताए। नदीमा पानीको सतह ५.४० मिटर पुगेपछि तल्लो तटिय क्षेत्रमा डुबान हुने खतरा मानिन्छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले राप्तीमा निरन्तर पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रमा बाढीको खतराबाट जोगाउन निरन्तर रूपले साइरन बजाउन तथा बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको बताए।

उनले राप्तीको तल्लो तटिय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढीले डुबान गर्ने खतरा भएकोले राप्तीको तल्लो तटिय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपाउन आग्रह गरेको बताए।

उनले निरन्तरको वर्षातको कारण राप्ती नदीमा आएको बाढी डुडुवा गाउपालिका १ का छिटैपुरवा, कृर्षि चौफेरी, चौफेरी लगायतका गाउमा पसेर डुबान भएपछि करिव ८० घरधुरीका स्थानीयहरुलाई गाउपालिकाको सामुदायिक भवनमा राखिएको जानकारी दिए। बाढीको कारण हालसम्म मानविय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले बताएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्दारको लागि प्रभावित क्षेत्रमा खटाइएको छ।

  • २१ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech