२६ आश्विन २०८१, शनिबार

१४९ जातलाई मधेशीको रूपमा परिभाषित गर्न सिफारिस
  • न्युज मानसराेवर

काठमाडौँ\मधेशी आयोगले १४९ वटा जात र मुस्लिम-थारूलाई मधेशीको रूपमा परिभाषित गर्न वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको छ। राष्ट्रपति कार्यालयमा पेस आयोगको चौथोँ वार्षिक प्रतिवेदनमा १४९ जात र २२०० भन्दा बढी थरलाई मधेशीको रूपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।

चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृतिमाथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरुलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ।
जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आयोगले सिफारिस गरेको छ।

  • ६ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech