कोहलपुर \ईलाका प्रहरी कार्यालय कोहलपुरले लागूऔषध ब्राउन सुगर सहित २ जना लाई पक्राउ गरेको छ ।पक्राऊ पर्नेमा, डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राऊ गरिएको डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले शनिबार साँझ ७ बजे पक्राउ गरेको हो ।उनिहरु ब्राउन सुगरको कारोबार गरी कोहलपुर देखि पुर्ब तर्फ गईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरिक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले रा १ ब ८९९ को सरकारी नम्बर प्लेटको पल्सर मोटरसाईकल सहित राप्तीसोनारी गाँउपालीका वडा नं. ९ ढकेरी स्थित पुर्ब पश्चिम राजमार्गबाट पक्राउ गरेको हो ।उनिहरुमाथि लागु औषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी मल्लले बताए ।
यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले गत असोज २५ गते बैजनाथ गाँउपालीका १ चिसापानीबाट ७३० मिलिग्राम ब्राउन सुगर सहित बैजनाथ गाँउपालीका १ चिसापानी बस्ने २२ बर्षिय सन्तोष शाही र सोही ठाँउ बस्ने २२ बर्षिय पदम बुढालाई पक्राउ गरीएको छ ।यस्तै कार्तिक ४ गते कोहलपुर नगरपालीका वडा नं. २ बिकासनगरबाट ९४० मिलिग्राम ब्राउन सुगर सहित २४ बर्षिय बिजय भन्ने बिर बहादुर बिकलाई पक्राउ गरीएको छ ।
साथै कार्तिक ४ गते बैजनाथ गाँउपालीका वडा नं. ५ बनकटुवा बस्ने २६ बर्षिय मनिश थारुलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको डिएसपी ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।डिएसपी ऐन बहादुर मल्लले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पदभार सम्हालेको ६ महिनाको अबधीमा ठुलो संख्यामा लागुऔषध कारोबारी पक्राउ गर्न सफल भएका छन ।
पछिल्लो ६ महिनाको तथ्याङ्क अनुसार लागु औषध ब्राउन सुगरको ३५ मुद्धा दर्ता भएका छन । जसमा ३३ पुरुष र ४ महिला रहेका छन । यस्तै लागु औषध अफिमको एउटा मुद्धा दर्ता भएको छ ।यस्तै लागु औषध नाईट्राभ्याट र लागु औषध गाँजाको एक एक मुद्धा दर्ता भएको डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए । ६ महिनाको अबधीमा लागु औषध कारोबारको ३८ मुद्धमा संलग्न ४१ जना पक्राउ गरी मुद्धा दर्ता गरीएको डिएसपी मल्लले बताए ।