२७ आश्विन २०८१, आईतवार

‘अथक र फुलारामलाई भोट’ थारु अगुवा
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर १५ चन्नहवाका थारु अगुवाहरुले यस पटक  बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई भोट दिने प्रतिबद्धता जनाएका छन ।

बिकासले पछाडी परेको चन्नहवा गाँउका थारु आगुवाहरुसँगको भेटमा उनिहरुले परिर्वतनको आन्दोलनमा योगदान भएका र थारु समुदायको अधिकारका लागी संघर्ष गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धन बनेकोमा खुसि व्यक्त गर्दै प्रतिनिधी सभातर्फका साझा उम्मेदवार महेश्वर जंग गहतराज (अथक)लाई गोलकार भित्रको हँसिया हथौडा र प्रदेश सभामा फुलाराम थारुलाई रुख चिन्हमा मतदान गर्ने बताए । उनिहरुले अब बन्ने गठबन्धनको सरकार र स्थानिय सरकार मिलेर पेडारी नालामा पुल तथा बिद्यालयको भवन निर्माण गरिदिन माग गरे ।साथै चन्नहवा गाँउसम्म जाने बाटो कालोपत्रे गर्न समेत उनिहरुको माग छ ।

स्थानियसँगको अअन्तरक्रिलयाका लागी पुगेका प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर अथकले आगामी ५ वर्ष भित्र पेडारी नालामा पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले विद्यालयको टिनको छानो हटाउने आफ्नो योजना रहेको भन्दै आगामी वर्ष बिद्यालय भवन निर्माण गरिने बताए । उनले स्थानिय सरकारसँग मिलेर काम गरि यस क्षेत्रको बिकासका काम गर्न चाहेको भन्दै कोहलपुरको युवा नेतृत्वसंग मिलेर कोहलपुरलाई आधुनिक र ट्रन्जीट सहरको रुपमा बिकास गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी, लगायतको सहभागीता  जनाएका थिए ।

  • २८ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech