बाँके/ राप्तिसाेनारी गाउँपालिका वडा नं. १मा नेकपा एमालेले सयुत्त चुनावी आम सभा सम्पन्न गरेकाे छ ।राप्तिसाेनारीमा १ मा नेकपा एमाले र राप्रपाले सयुत्त चुनावी आम सभा गरेकाे हाे ।
चुनावी आम सभालाई सम्बाेधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नं.का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य ढकालले राष्ट्रिय पुजीँकाे विकास गरि स्वराेजगार स्वाभिमान नागरिक नेपाली बनाउन एमाले उम्मेदवार विजयी गराउन अपिल गरेका छन ।ढकालले राष्ट्रियता र स्वाभिमान नेपालीहरूकाे आकाक्षा एमाले सरकारले मात्र पूरा गर्न सक्ने दावि गरे ।
उनले आर्थिक रूपान्तरण र समृद्ध नेपालकाे परिकल्पना एमाले बाहेक अरू दल कसैसँग नभईकाे भनेका छन ।
ढकालले सभालाई सम्बाेधन गर्दै समृद्ध नेपाली र खुसी नेपालीकाे अभिभारा पूरा गर्न मंसिर ४ पछि केपी वलीकाे सरकार आवश्यक रहेकाे ओैल्याए ।
ढकालले बाँके क्षेत्र न १ मा प्रर्चुर सम्भावना रहेकाे बताउदै त्यसकाे सहि सदुपयोग गर्न र समृद्ध बाँके निर्माणकाे जिम्मेवारी एक पल्ट एमालेलाई दिन आग्रह समेत गरेका छन ।