बाँके\विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) सबैभन्दा बढी प्रभावित बन्यो नरैनापुर । कोरोना भाइरसले नरैनापुरलाई ‘हट स्पट’ बनाउँदै गर्दा नागरिक ठूलो समस्यामा परे । त्यतिबेला एकअर्काको घरमा जानै समस्या ।
त्यतिबेला नरैनापुरवासीलाई अभिभावकको खाँचो थियो । तर, त्यस्तो महामारीमा घरबाट बाहिर निस्कियोस्, को । आफ्नो ज्यानलाई जोखिममा राखेर घर बाहिर निस्किन कोही मानेनन् । तर यहाँकी सांसद कृष्णा केसी (नमुना)ले त्यो सहास र हिम्मत गरिन् र जनताको ज्यान जोगाउन घर बाहिर निस्किन् । यतिबेला मात्र होइन, राप्तीपारि बर्सेनि समस्या भनेको डुबानको हो ।
बर्खाको समयमा यहाँका बासिन्दाले बर्सेनि यो समस्या झेल्दै आएका छन् । यतिबेला पनि नागरिकको उद्दार, उनीलाई राहत तथा व्यवस्थापनमा नमुनाले अभिभावकीय भूमिका निर्वाह गर्दै आएकी छिन् । यति मात्र होइन, गाउँमा सामान्य समस्या भए पनि नमुनाको खोजी हुन्छ । उनको खोजीको एउटै कारण हो, ‘सिर्जित समस्यालाई उनले समाधान गर्छिन् ।’ जसले गर्दा पनि यहाँका नागरिकले दलगत रुपमा भन्दा यहाँको साझा जनप्रतिनिधिका रुप उनलाई समस्या सुनाउँछन् ।
‘कोरोना भाइरसमात्र होइन, बर्सेनि आउने बाढीले डुबान गरेको प्रभावित क्षेत्रमा नमुना आफैँ बस्तीबस्ती, घरघर पुग्नु हुन्छ,’ यहाँका नेत्र थारुले भने, ‘हामीलाई हामीले जिताएको जनप्रतिनिधि आउँदा ठूलो हौसला मिल्छ ।’ विपद्का बेला जनप्रतिनिधि जनताकै साथमा हुँदा पनि केही पीडा कम सहसुस हुने उनले बताए । गत वर्ष घर डुबानमा परेर सबै खाद्यान्न तथा लत्ताकपडा बगाएर पीडित बनेका विकास चौधरी राहतको प्रतीक्षामा थिए । नमुनाले उनलाई व्यक्तिगतरुपमा खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइदिइन् ।
‘घरमा भएका सबै सामान बगेर, भिजेर म हैरानमा परेको थिएँ,’ उनले भने, ‘सांसदज्यू आउनु भयो र न्याय मिल्यो ।’ उनी मात्र होइन यस्ता कयौंलाई नमुनाले सहयोग पुर्याएकी छिन् । उनी घरमा प्रायः भेटिँदैनिन् । जनताकै घरदैलोमा हुन्छिन् ।
जनतासँग साक्षात्कार गर्छिन् र यहाँको विकासका लागि सोच निर्माण गर्छिन् । राप्तीपारि जहाँ, सडक थिएन, गुणस्तरीय शिक्षा र स्वास्थ्यबाट नागरिक वञ्चित थिए । यहाँकी जनप्रतिनिधि नमुनाको आँखा चाहिँ त्यही सडक, शिक्षा र स्वास्थ्यमा पर्यो ।
जहाँ समस्या, त्यहाँ समाधान भनेझैं तिनको व्यवस्थापनका लागि उनले पहल थालिन् । ‘हालसम्म राप्तीपारिका सबै क्षेत्रमा सडक पुगेको छ,’ प्रदेशसभा सदस्यको उम्मेदवारसमेत रहेकी नमुनाले भनिन्, ‘शिक्षा र स्वास्थ्यमा पनि उल्लेख्य विकास भएको छ ।
’ यो यस क्षेत्रका उपलब्धि भएको उनको भनाइ छ । ‘सबैको सहयोगका कारण कामले गति लिएको छ,’ उनी भन्छिन्, ‘काम अझै गर्न बाँकी छ ।तर, सीमित स्रोत साधनबाट यहाँ धेरै काम भएका छन् ।’ जहाँ केही छैन । त्यहाँ धेरै हुन्छ भने झै नमुनाले राप्तीपारिलाई उदाहरणका रुपमा प्रस्तुत गरेकी छिन् । सामान्य घरायसी विवाद समाधानदेखि योजना निर्माणसम्म नमुनाले भूमिका निर्वाह गरेकी छिन् ।यस क्षेत्रको समस्या समाधानको सारथि हुन नमुना । इच्छाशक्ति, धैर्यता र इमानदार भएर काम गर्ने हो भने जनतालाई विश्वास दिलाउन सकिने उदाहरण उनले प्रस्तुत गरेकी छिन् ।