२८ आश्विन २०८१, सोमबार

मतदाता प्रभावित पार्न राईले झुटो प्रचार गरेको पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री इस्तियाक राईले मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको पुष्टि भएको छ । विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा मा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाईएको छ ।

नेकपा एमाले बाँकेका उपसचिव एवम् नेपालगन्ज उपमहानगरपालिका १८ नं. वडाका वडाध्यक्ष दिपक बर्माले आज पत्रकार सम्मेलन गरी राईले आफुले गरेका र गर्न लागेको भनि प्रचारवाजी गरिएका अधिकांश सडक तथा विकास योजनामा उनको कुनै भूमिकानै नभएको प्रष्ट पार्नुभयो ।

“चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री राईले हुँदै नभएका र आफ्नो कुनै योगदाननै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गर्नुभएको छ”, नेता बर्माले भन्न्ुभयो,“नेपालगञ्ज उपमहानगरपालिका र केपी ओली सरकारको पालामा आएका योजनालाई समेत मैले ल्याएको योजना भन्नु कहाँ सम्मको झुट हो ।”

नेपालगन्ज –१८ कारकाँदोमा वडा कार्यालयको बजेटबाट लगाईएका हाइमास्ट र सडकलाई समेत पूर्व मन्त्री राईले चुनावी प्रचारपत्र र भाषणमा आफूले गरेको भनाईप्रति वडाध्यक्ष बर्माले आक्रोश व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री राईले प्रचार सामाग्रीमा आफूले गरेको भनेर उल्लेख गरेका योजना झुटा सावित गर्ने उपमहानगरपालिकाको वैठक तथा निर्णयको प्रमाण समेत वडाध्यक्ष बर्माले सार्वजनिक गर्नुभएको थियो ।

राईले हुँदै नभएका, गर्दै नगरेका कामहरु गरेको, सम्पन्न भएको र केही निर्माणाधिन रहेको भन्दै आफ्नो घोषणा पत्रमा समेत ती योजना र कामहरु राखेका छन् । यसरी जनतालाई झुक्याउँदै मत मागिरहेका राईप्रति बाँके क्षेत्र नम्बर–२ का जनता आक्रोशित बन्न थालेका छन् ।

मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेका छन् ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech