बाँके\सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई तीन अवस्थामा गोली चलाउनेसम्मको अधिकार दिएको छ।
निर्वाचनमा आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्था आए सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश पर्खिनुपर्ने छैन।
अन्य अवस्थामा भने गोली चलाउनुअघि माथिल्लो निकायबाट आदेश लिनु पर्ने हुन्छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन फिल्डका प्रहरीलाई स्पष्ट निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।













