८ श्रावण २०८१, मंगलवार

बाँकेमा मतगणना स्थलको निर्माण अन्तिम चरणमा
  • न्युज मानसराेवर

बाँके\आइतबार सम्पन्न हुने आमनिर्वाचन सम्पन्न भएपछि मत गणनाको लागि आवश्यक तयारी बाँकेमा अन्तिम चरणमा पुगेको छ ।३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बाँकेमा १३८ मतदान स्थलमा ३ सय ८० मतदान केन्द्रमा भएको मतदानको मतपेटिका संकलन गरि गणना गर्नको लागि संबन्धित निर्वाचन क्षेत्रमा नै तयारी अघि वढाईएको हो ।

बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश धनसिंह महरले बाँके निर्वाचन क्षेत्र नं. २ को नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयको सभा हलमा जालीको बार निर्माण गर्नुको साथै सिसिटिभि जडान समेत गरिएको जानकारी दिए ।

यसैगरी बाँके निर्वाचन क्षेत्रनं. १ मुख्य निर्वाचन अधिकृत यमप्रसाद बस्तोलाले राप्तीसोनारी गाउपालिका सभाहलमा मतगणनाको लागि जालीतारको घेराबन्दी गरी सिसिटिभि जडानलगायतको आवश्यक तयारी पुरा भएको जानकारी दिए ।

यसैगरी क्षेत्र नं. ३ को कपास विकास समितिको कार्यालय परिसरमा मतगणनाको लागि जालीतारको घेराबन्दी गरी सिसिटिभि जडानलगायतको आवश्यक तयारी अघि बढाईएको क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

तीवटै निर्वाचन क्षेत्रमा मतपेटीको सुरक्षाको लागि पनि सिसिटिभि क्यामेरा जडान गरीएको जनाइएको छ ।

  • ३ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech