११ बैशाख २०८१, मंगलवार

बाँके १ मा शुरू भयाे मतगणना
  • न्युज मानसराेवर

बाँके/ बाँके जिल्लाका प्रमुख निर्वाचन अधिकृत धनसिंह महराका अनुसार क्षेत्र नम्बर १ र २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सुरु भएको हो ।

यस्तै दिउँसो १ बजेबाट बाँके १ र २ मा मतगणना सुरु भएको हो । क्षेत्र नं १ काे नरैनापुर वडा ५ मटैयाबाट मतगणना सुरु गरिएकाे निर्वाचन अधिकृत यामप्रसाद बाँस्कोटाले जानकारी गराए ।

मतगणना सुरु गर्नको लागि सर्वदलीय बैठक बसेर मगतणना सुरु गरिएको बास्काेटाले भने । यस क्षेत्रमा तीन पालिका रहेका छन् । एउटा मतदान केन्द्रको मतगणना सकिएपछि प्रारम्भिक मतगणना सार्वजनिक गरिने बाँस्कोटाकाे भनाइ छ ।

यस क्षेत्रमा १ लाख २१ हजार १ सय मतदाता थिए । ती मध्ये ८१ हजार मत खसेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ को मतगणना शुरु भएको हो ।

यस्तै क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु गरिएको छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यस अघि बाँके क्षेत्र नम्बर ३ मा मतगणना सुरु भइसकेको छ ।

 

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech