१५ चैत्र २०८०, बिहीबार

तक्षशिला एकेडेमीकाे सप्ताह खेलकुद सम्पन्न
  • न्युज मानसराेवर

काेहलपुर / बाँकेको कोहलपुरमा संचालित तक्षशिला एकेडमीले आफ्नो बिद्यालयमा सप्ताह ब्यापि खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

कार्तिक २७ गतेदेखि शुरुवात गरेको बिभिन्न बिधाका खेलहरु मंशिर २ गते समापन भएका थिए ।

खेलकुदमा नर्सरी देखि कक्षा १० सम्मका बाल बालिकाहरुले सहभागिता रहेको बिद्यालयले जनाएको छ ।मंगलबार आज आयोजित एक समारोहमा फिल्डका खेल लगाएत अन्य खेलमा सर्बोउत्कृष्ट हुने करीब ५ दर्जन बालबालिकालाई बिद्यालयका अध्यक्ष बिष्णु बेल्बासेले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित पुरष्कृत गरेका छन ।

स्वास्थ्यका लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित उक्त खेलकुद कार्यक्रमलाई पनि पढाई जत्तीकै महत्वपुर्ण पाटोको रुपमा लिएको बिद्यालयका कार्यबहाक प्रधानाध्यापक पुरुषोत्तम शर्माले कोहलपुर टाईम्सलाई बताए ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech