१२ बैशाख २०८१, बुधबार

बाँके २(१) : जसपाका अहिर विजयी
  • न्युज मानसराेवर

बाँके\बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर विजयी भएका छन् ।

दुई हजार एक सय ४६ मतको अन्तरले भण्डारी विजयी भएका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ । भण्डारीले ११ हजार ५०४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका विजयबहादुर यादवले ९३५८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजकुमार बर्माले ८७३१ मत पाएका छन् ।

प्रदेशसभामा पहिलोपटक निर्वाचित हुन लागेका यादव गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उनी २०७४ को स्थानीय चुनावमा डुडुवा ३ बाट वडा अध्यक्ष चुनिएका थिए ।

क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ९ सय ५० मत खसेको थियो ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech