१२ बैशाख २०८१, बुधबार

खुकुरी प्रहार : एक जनाको मृत्यु, १ घाइते
  • न्युज मानसराेवर

बुटवल\पशिचम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राती एक युवकको खुकुरी प्रहार गरी मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५/४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते सोही उमेरकी महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।

इप्रका बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन । मतगणनास्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको स्थानीय पत्रकार कुस्माखर ढकालले जानकारी दिए ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech