१३ बैशाख २०८१, बिहीबार

बाँकेमा सुर्य उदायो ,उदयमान रत्नका रुपमा
  • न्युज मानसराेवर

बाँके \करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहेका रत्न खत्री प्रदेश सभा निर्वाचनमा चुनिएका छन् । नेकपा एमाले बाँकेका सचिव खत्री बाँके ३ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा १३ हजार १५८ मत प्राप्त गरी विजयी भए ।

खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालीन समयमा सुरक्षा निकायले धरपकड तथा मरणासन्न हुनेगरी कुटपिट गरेको थियो ।

लामो समय भूमिगत र प्रहरी हिरासतमा समेत बसे । एमाले निकट अनेरास्ववियुकोे केन्द्रीय प्रचार विभाग प्रमुखको रुपमा काम गरेपछि उनले एमाले बाँकेको जिल्ला कमिटी सदस्य, उपसचिव र हाल दोश्रो कार्यकाल सचिवको रुपमा कार्यरत छन् ।

सुर्खेतको सिम्तामा जन्मिएपनि उनको बाल्यकाल बाँकेमा बित्यो । राजनीतिक कार्यक्षेत्र पनि बाँकेको बैजनाथ र खजुरा गाउँपालिकालाई बनाए । तत्कालीन जिल्ला विकास समिति बाँकेमा एमालेको तर्फबाट दलीय प्रतिनिधि र स्थानीय शान्ति समितिको प्रतिनिधि हुँदा उनले क्षेत्र र जिल्लाको विकास निर्माण र शान्ति स्थापनामा भूमिका निर्वाह गरे ।

समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको समबन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन सफल छन् ।

खत्रीलाई एमाले सहित राप्रपाको पनि समर्थन रहेको छ । राप्रपाका नेताहरु फत्तेसिंह थारु, ठाकुरसिंह थारु, तारकसिंह थारु ल्गायतका नेता कार्यकर्ताहरु खत्रीको पक्षमा लागेका छन् ।

राजनीतिमा पूर्णकालीन भएर लागेका खत्रीले राजनीति शास्त्रमा एमए उत्तिर्ण गरेका छन् । प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने कुशल बक्ताको रुपमा रहेका खत्रीलाई पहिलो पटक बैजनाथ र खजुराका जनताले प्रतिनिधिको रुपमा पठाउने अवसर पाएका छन् ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech