६ बैशाख २०८१, बिहीबार

बर्दिया १ बाट कांग्रेसका गौतम विजयी
  • न्युज मानसराेवर

बर्दिया \ बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन्।

गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे। गौतमले चार हजार चार सय ५६ मतान्तरले ज्ञवालीलाई पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो निर्वाचन क्षेत्रमा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए। यहाँ छ हजार चार सय २१ मत बदर भएको थियो।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech