८ श्रावण २०८१, मंगलवार

सुर्यकाे विजयीमा बाँके मात्र होइन बर्दियाका जनता समेत हर्षित !
  • न्युज मानसराेवर

बाँके ।बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट  एमाले विजयी उम्मेदवार सुर्य ढकाललाई बर्दियाका जनताले स्नेह प्रकट गरेका छन ।

ढकालले विद्यार्थी राजनीतिक सुरुवात गरेको जिल्ला बर्दियामा गएर स्थानीय समुदाय सँग भेटघाट गरेका छन ।

ढकाल बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ३ बनियाभार पुगेपछि स्थानीयले उत्साहित हुँदै फुलमाला सहित स्वागत गरेका थिए।

भेटघाटकै सिलशिलामा ढकालले बाल्य जीवनमा अध्ययन गरेकाे बिद्यालयमा गएर गुरुहरु र विद्यार्थीहरू सँग अन्तर संवाद समेत गरेका थिए ।

ढकालले विद्यार्थीहरूलाई ईमान्दार र जहेन्दार भएर अध्ययनशिल बन्न प्रेरणा समेत प्रदान गरेका थिए।  युवक माबि जोगि गाउँका गुरु केशवराज सुबेदीले आफुले हुर्काएको र आफुले क,ख,रा सिकाएका हिजोका ती सुर्य आज यसरी सफल भएर चम्किदा खुसी लागेकाे बताए ।

आफ्नाे बाल्यकाल बिताएको अनि १० कक्षा सम्म अध्ययन गरेको स्कुलमा गएर सबैलाई धन्यवाद दिन आएकाे बताउदै नेता ढकाले बाँकेकाे विकास संगै बर्दिया जिल्लाकाे विकासमा समेत आफ्नाे जिम्मेवारी रहेकाे उल्लेख गरेका छन ।

उनले आफुले अध्ययन गरेको स्कुल युवक माबीको स्तरोन्नतिको लागि सधै लागिपर्ने स्थानीय अभिभावक तथा शिक्षकहरू सँग प्रतिवद्भता समेत ब्यक्ति गरेका छन ।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech