८ श्रावण २०८१, मंगलवार

प्रदेश सांसद नमुना मतदाता भेटघाटमा ब्यस्त
  • न्युज मानसराेवर

बाँके (नरैनापुर) : बाँकेको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा १ (क)बाट निर्वाचित भएकी नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुना मतदाता भेटघाटमा ब्यस्त भएकी छन् । हालै सम्पन्न निर्वाचनबाट उनी लुम्बिनी प्रदेश सांसदमा पुनः निर्वाचित भएकी थिइन् ।

नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी नमुना अचेल नरैनापुर र राप्ती सोनारीमा रहेका मतदातालाई भेटेर धन्यवाद दिइरहेकी छन् । नवनिर्वाचित प्रदेश सांसद नमुना आइतबार नरैनापुरमा पुगेर मतदातालाई भेटघाट गरेको उनको सचिवालयले जनाएको छ ।

सो क्रममा नमुनासँगै नेपाली काँग्रेसकी समानुपातिक प्रदेश सांसदका उम्मेदवार संगिता चौधरी, काँग्रेस नेता रामचन्द्र मौर्य, काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, गठबन्धनमा रहेका नरैनापुरस्थित स्थानीय नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

नरैनापुरको विकासका लागि अघिल्लो कार्यकालमा नमुनाले गरेको योगदान अविष्मरणीय रहेको र आगामी पाँच वर्षमा पनि नेतृ नमुनालाई लुम्बिनी प्रदेशको महत्वपुर्ण मन्त्रालयको नेतृत्व गरेको देख्न चाहेको नरैनापुरका स्थानीयको अपेक्षा छ ।

भेटघाटका क्रममा सांसद नमुनाले मतदाताले दिएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेकी थिइन् ।

  • ११ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech