४ श्रावण २०८१, शुक्रबार

धन्यवाद दिन काँग्रेस सहमहामन्त्री राठौंर र नेता कुर्मी घरदैलोमा
  • न्युज मानसराेवर

बाँके\प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफुहरुलाई अमुल्य मतदान गरेर निर्वाचित गराउने मतदातालाई धन्यवाद दिन नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर र नेता बादशाह कुर्मी गाउँ गाउँमा पुग्ने गरेका छन् ।

निर्वाचनको क्रममा उनीहरुले जसरी गाउँ, टोलमा पुगेर मत माग्ने गरेका थिए, निर्वाचित भइसकेपछि त्यसरी नै अहिले धन्यवाद दिन मतदाताको घरदैलोमा पुग्ने गरेका हुन् । काँग्रेस सहमहामन्त्री राठौरले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा एमालेका किस्मतकुमार कक्षपतिलाई पराजित गरेका थिए ।

यस्तै प्रदेश सभा ३ (ख)मा नेपाली काँग्रेसका नेता कुर्मीले एमालेका भिमबहादुर वलीलाई पराजित गरेका थिए । मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका राठौर र कुर्मीलाई स्थानीयले भब्य स्वागत तथा बधाई दिने गरेका छन् ।

  • ११ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech