१३ बैशाख २०८१, बिहीबार

बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई पर्यटन प्रवद्र्धन मञ्चको सम्मान
  • न्युज मानसराेवर

बाँके\ पर्यटन प्रवद्र्धन मञ्च बाँकेले गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट बाँकेका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित किशोर सिंह राठौर, क्षेत्र नं. २ बाट निर्वाचित डा. धवल शम्शेर राणा, १ बाट निर्वाचित सूर्य ढकाललाई स्वागत तथा सम्मान गरेको हो ।

यसैगरी मञ्चले प्रदेश सभा सदस्यहरु रत्न खत्री, बादशाह कुर्मी, भण्डारीलाल यादव, आदेश अग्रवाल, कृष्णा केसी नमुना र दुर्गाप्रसाद चौधरीलाई स्वागत तथा सम्मान गरिएको कार्यक्रममा बाँकेमा पर्यटनका विभिन्न क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech