८ श्रावण २०८१, मंगलवार

बाजुरा १ (क) बाट नेकपा एसका शाही निर्वाचित
  • न्युज मानसराेवर

बाजुरा\बाजुरा १ (क) बाट नेकपा एकीकृत समाजवादीका नरेश शाही निर्वाचित भएका छन्। उनल‍े निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीलाई २ हजार ३ सय ४१ मतले पराजित गरेका हुन्।

शाही १० हजार ९७३ मतका साथ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जानकारी दिएको छ। कार्यालयका अनुसार एमालेका रेग्मी ८ हजार ६ सय ३२ मतका साथ पराजित भएका हुन्।

नेकपा एसबाट निर्वाचित शाही पार्टीको युवा संगठनका केन्द्रीय अध्यक्ष पनि हुन्।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech