५ फाल्गुन २०८१, सोमबार

बयर खान गएका फुपु-भदैनी मृत अवस्थामा भेटिए
  • न्युज मानसराेवर

कोहलपुर \ बाँकेको राप्तीसोनारी गाँउपालिका वडा न। ६ का दुई जनाको शव फेला परेको छ । शनिबारदेखी हराईरहेका राप्तीसोनारी ६ डाँडा टेपरीका २२ वर्षिया कन्चन थारु र १३ वर्षिया अर्चना थारुको राप्ती नदिमा डुबिरहेको अवस्थामा शव फेला परेको हो ।

शनिबारदेखी उनिहरुको खोजी भईरहेको थियो ।

आइतबार बिहानै देखी सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उनिहरुको खोजी गरीरहेका स्थानीयहरुले उनिहरु डुबेको स्थानदेखी झण्डै डेढ किलोमिटरको दुरीमा शव फेला पारेका हुन । मृतकद्वय एकै घरका फूपू(भतिजी हुन ।

अर्पना नेरा मा।वि। गुलरिमा कक्षा ८ मा पढ्ने विधार्थी हुन ।

उनिहरुको शब पोष्टमार्टमकालागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

शनिवार घरबाट बयर खान निस्कीएका दुबै जना राप्ती नदिमा डुबेर वेपत्ता भएका थिए । अस्थायी प्रहरी चौकी फत्तेपुर ९ख० का इन्चार्ज सई यम बहादुर बस्नेतका अनुसार बयर खान गएका ७ जना किशोरी मध्ये ५ जनालाई पौडी खेलेर सकुशल उद्दार गरिएको थियो भने २ जना वेपत्ता भएका थिए ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech