२४ बैशाख २०८१, सोमबार

राजधानीका विषयमा राजनीति नगर्न लुम्बिनीका मुख्यमन्त्रीको आग्रह
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको विषयलाई लिएर अनावश्य किचलो नगर्न लागि विभिन्न दलका नेताहरुलाई अनुरोध गर्दै प्रदेश सभाले गरेको निर्णय कार्यन्वयनका लागि सहयोग गर्नका लागि अपील गरेका छन् ।

बुटवल मुकामबाट अस्थायी संरचनामै रातारात मुख्यमन्त्री कार्यालय सारेको भन्दै एमाले तथा सत्तारुढ नेपाली कांग्रेसका नेताकार्यकर्ताले उनको कार्यशैलीको विरोध गरिरहेका बेला केसीले यस्तो जवाफ दिएका हुन् ।देउखुरीमा आयोजित सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले २०७७ साल असोज २० गतेको प्रदेश सभाको निर्णयलाई कार्यान्वयन गरेको विषयलाई विषयान्तर नगर्न उनको आग्रह छ ।

राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई ध्यान दिन मुख्यमन्त्री केसीले निर्देशन दिँदै देउखुरीमा राजधानी निर्माण कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा कार्य सञ्चालन गर्ने बताए । मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी मुकाम सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नका लागि सबै सुरक्षा निकायले योजना बनाउन उनले आग्रह गरे ।

उनले लुम्बिनी प्रदेशको राजधानीको लागि सुरक्षाको दृष्टिले निकै संंवेदनदनशील विषय भएको बताउँदै सिसीसीटिभी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्रीहरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिए । मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आफ्नो आफ्नो टिमबाट अगाडि बढाउनुपर्ने बताए । उनले सुरक्षा निकाय सरकारको कामलाई अझ सहजीकरण गरी अगाडि बढाउनको लागि नै निर्देशन दिए ।

आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालयले तयारी गरेको बताए । सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारीसाधनको गति व्यवस्थापन, झण्डा उत्तोलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थानको बारेमा तयारीका विषयमा योजना बनाएको छ ।

बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी वलका विन्धवासी मुख्यालयको शप्रवउ बल नेपाल, राजसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुँवर, तुलसी पौडेललगायतको सहभागिता थियो ।

  • २४ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech