२४ बैशाख २०८१, सोमबार

बाँकेबाट समानुपातिकतर्फ लुम्बिनीमा ९ जनाको प्रतिनिधित्व
  • न्युज मानसराेवर

बाँके\बाँकेबाट समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा ९ जनाको प्रतिनिधित्व हुने भएको छ । कांग्रेसबाट ४, एमाले २ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाबाट १÷१ जना समानुपातिक सांसद बन्ने भएका छन् ।

नेपाली कांग्रेसले बन्दसूचीबाट खसआर्यतर्फ माया पुन, थारु क्लष्टरमा सञ्जुकुमारी चौधरी, अल्पसंख्यकतर्फ सुशिला बादी र मुस्लिममा मिनाकुमारी सिद्दिकीको नाम निर्वाचन आयोगमा बुझाएको छ । यस्तै एमालेले खसआर्यबाट बसन्ती न्यौपाने र मुस्लिम कोटामा सायरो बानोको नाम आयोगमा बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नोरीकुमारी चौधरी, जनता समाजवादी पार्टीले अम्बिका काफ्ले र राप्रपाले मिनाकुमारी श्रेष्ठलाई सांसद बनाउने निर्णय गरेर आयोगसमक्ष नाम सिफारिस गरेको छ ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा सोमवार गरिने निर्वाचन आयोगले जनाएको छ ।

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech