२५ बैशाख २०८१, मंगलवार

खुल्यो कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुलाएको छ। शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीका लागि १५ पुसभित्र विलम्ब शुल्करहित र पुस मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले बताएको छ।

१५ पुसभित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्नेछ। पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ।

त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित एसईई ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ। कक्षा ११ को नयाँ पाठ्यक्रमअनुसारको विषय समूह र विषय कोडअनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था छ।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech