२४ बैशाख २०८१, सोमबार

जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, सबैको सनाखत
  • न्युज मानसराेवर

सुर्खेत- जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो।

छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री,  भगवती-२ दैलेख अमर खड्का,  भगवती-२ दैलेख  मान बहादुर रावत, भगवती-२ दैलेख  बिरेन्द्र केसी, छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र छेडागाड-५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए।

छेडागाड-५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन्। चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech