३० असार २०८१, शनिबार

क्रिसा अध्यक्षमा वेगम चन्द
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयहरुको संगठन (क्रिसा) को अध्यक्षमा वेगम चन्द सर्वसम्मत चयन भएका छन् ।

सोमबार कोहलपुर, बैजनाथ र राप्तीसोनारीका नेशनल प्याब्सन र प्याब्सनमा आबद्ध ३५ संस्थागत विद्यालयको संगठन क्रिसाको १४औं साधारण सभा तथा छठौं अधिवेशनबाट वेगम चन्दको अध्यक्षतामा ७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

जसको उपाध्यक्षमा महेन्द्र कुमार शर्मा, सचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा समिर घर्ती रहेका छन् भने सदस्यहरुमा नारायण पंगेनी, बसुन्धरा पाण्डे र बिजय थापा सर्वसम्मत चयन भएका हुन् ।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech