३० असार २०८१, शनिबार

सरकार गठबन्धनकै बन्छः सिँचाइमन्त्री भुसाल
  • न्युज मानसराेवर

बाँके\ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको बताएका छन।

अहिलेको आवश्यकता नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार निर्माण हुने सिँचाइमन्त्री पम्फा भुसालले बताइन।

राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि बाँके आएकी मन्त्री भुसालले बिहीबार नेकपा माओवादी केन्द्र, नेपालगञ्ज नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा उक्त कुरा बताएकी हुन।

भुसालले अहिले धेरैको मनमा कस्तो सरकार बन्ने र कसको नेतृत्वमा सरकार गठन हुने भन्ने प्रश्न र आशङ्काहरू रहेको जनाउँदै उनले सरकार गठबन्धनकै बन्ने गरी जनताले जनादेश दिएकाले सोही बमोजिमको सरकार बन्ने दावि समेत गरेकी छन।

  • २९ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech