६ जेष्ठ २०८१, आईतवार

बाँकेमा गरिएको सडक अवरुद्ध खुल्यो
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्ज–कोहलपुर सडकखण्ड सुचारु भएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका थिए ।

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको थियो । हिजो पनि दिनभर सडक अबरुद्ध पारिएको थियो ।

अहिले पीडित पक्षसंग जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । आन्दोलनरत पक्ष आन्दोलन रोकेर वार्तामा बसेको हो ।

घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech