६ जेष्ठ २०८१, आईतवार

दादुराको महामारी फैलिएपछि बाँकेमा शुक्रवारदेखि खोप लगाउन शुरु
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि शुक्रवारदेखि खोप अभियान थालिएको छ । केही दिन यता समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको संख्या उल्लेख्य देखिएपछि आजदेखि खोप लगाउन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन शुरु गरिएको चन्दले जानकारी दिए । यी वडाहरुमा दादुरा प्रभावित बालबालिका बढी भेटिएका छन् । वडा नम्बर ५, ७ र ८ स्थित सहरी स्वास्थ्य क्लिनिक र वडा नम्बर ८ स्थित आइडियल स्कुलमा खोप केन्द्र सञ्चालन गरिएको छ । यी वडाका करिब ४५ सय बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

दादुरा देखिएका वडाहरु ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा तत्काल खोप अभियान चलाइँदैछ । अभियान सबै वडामा पु¥याउने तयारी रहेको चन्दले जानकारी दिए । नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाइँदैछ ।

नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने र गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको चन्दले बताए । दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ भने २९ जना बढी बिरामी फेला परेका छन् ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech