६ जेष्ठ २०८१, आईतवार

ठाकुरबाबा नगरपालिकाले सम्पन्न गर्यो सार्वजनिक सुनवाई
  • न्युज मानसराेवर

बर्दिया \ठाकुरबाबा नगरपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।

नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा विषयक सार्वजनिक सुनवाई कार्यक्रममा २३ बुर्दे प्रतिवद्धा गरिएको छ ।
नगरपालिका मेयर तिलकराम लम्सालले नगरले प्रदान गर्ने सेवा सुविधालाई आम जनतालाई महशुस हुने गरी कार्य सम्पदान गर्ने बताए ।

सार्वजनिक सुनवाई कार्यक्रममा उप प्रमुख विना कुमारी भट्राई प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल वडा न १ देखी ९ सम्मका वडा अध्यक्ष विषयगत शाखाका प्रमुखहरुले नागरिक बाट उठेका सवालहरुको जवाफ दिएका थिए । सार्वजनिक सुनवाईको कार्यक्रम ठाकुरबाबा नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा सम्पन्न गरिएको हो ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech