६ जेष्ठ २०८१, आईतवार

मेडिकल कलेज कोहलपुरमा सिरिन्ज लगाउँदा रोकायको मृत्यु
  • न्युज मानसराेवर

कोहलपुर \नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकायलाई सिरिन्ज लगाउँदा मृत्यु भएको छ । बैजनाथ गाउँपालिका १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य ओठ काटिएको थियो तर उनको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा आएका उनको रगत रोक्नका लागि लगाइएको सिरिन्जका कारणले गर्दा उनको मृत्यु भएको हो ।

मृतकका आफ्न्त दिपक कार्कीले भने, मेडिकल कलेजमा आइतबार साँझ हिँडेर आउनुभएको थियो, म संगै थिए ।’ ‘ओठमा समान्य चोट लागेको थियो, रगत बगिरहेको थियो उनले थपे, रगत रोक्न डाक्टरले सुई लगाउन वित्तिकै रोकायको मृत्यु भएको थियो ।’

अहिले आफन्तहरुले आन्दोलन गरिरहेका छन् । रोकायलाई आपातकालिन सेवामा सिरिन्ज लगाइएको थियो । मेडिकल कलेजले सोमबार राती करिब २ बजेतिर मात्र मृत घोषणा गरेको थियो । अहिले ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech