६ जेष्ठ २०८१, आईतवार

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा
  • न्युज मानसराेवर

बाँके\सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो। पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख शर्तका रूपमै अघि सारेको थियो।

सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ।

उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास राप्रपातको छ। विगतमा उक्त दिनमा बिदा दिने गरिए पनि दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech