६ जेष्ठ २०८१, आईतवार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन सहित दाबी प्रस्तुत गरेका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन।

गिरि लुम्बिनी प्रदेशको तेश्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र दोश्रो मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बनेका
थिए ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech