६ जेष्ठ २०८१, आईतवार

दादुराको महामारी फैलनबाट रोक्न दुई दिन नेपालगञ्जमा विद्यालय बन्द गर्ने निर्णय
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज उपमहानगरपालिकाले दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो। यसअघि तिन दिन विद्यालयहरु बन्द गरिएको थियो।

उपमहानगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म  सार्वजनिक बिदा गर्न भनेको हो। नेपालगञ्जमा हालसम्म दादुराबाट एक जनाको मृत्यु भएको छ भने ११० जना बिरामी भएका छन्।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech