६ जेष्ठ २०८१, आईतवार

नेपालमा आज पनि बलियो छैन वर्षा गराउन सक्ने मौसमी प्रणाली
  • न्युज मानसराेवर

बाँके\हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशका पहाडी भुभागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

देशको तराइका भू-भागका केही स्थानमा हुस्सु लागेको छ।आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो क्रम राति पनि जारी रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात तथा तराईका  भू-भागहरूमा  हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech