६ जेष्ठ २०८१, आईतवार

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको शपथ आज
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराउने छन्।प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।सभामुखको शपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँण केसीको शपथ ग्रहण हुनेछ। प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष उपसभामुखले शपथ लिनुपर्ने छ।

मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको हो।प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ। साथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech