६ जेष्ठ २०८१, आईतवार

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन। घिमिरेले कूल संख्याको एक सय ६७ मत प्राप्त गरेका थिए ।  घिमिरेले नेपाली कांग्रेस बाट  ईश्वरी न्यौपानेलाई  पराजित गरेका हुन् ।

घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १०० मत प्राप्त गरेकी छन् । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बहुमत प्राप्त गरेकाले घिमिरेलाई निर्वाचित भएको घोषणा गरे ।

आजको मतदान प्रक्रियामा कुल २६८ सांसद उपस्थिति भएकोमा एकजनाले पक्ष विपक्ष कतै मत दिएनन् ।घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech