६ बैशाख २०८१, बिहीबार

बाँकेमा शिक्षकलाई तलब खुवाउन विद्यालयमा सटर निर्माण
  • न्युज मानसराेवर

बाँके। बाँके स्थित नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ ।

तराई–मधेश समृद्धि विकास कार्यक्रम अन्तर्गत प्राप्त ३५ लाख रुपियाँमा ६ कोठे पक्की सटर निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिएका छन।

“नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडमा रहेका कारण हालै निर्माण गरिएका सटरबाट विद्यालयले नियमित आम्दानी गर्नेछ,” वडाध्यक्ष वर्माले भनेका छन।“विद्यालयमा शिक्षक राख्न र अन्य शैक्षिक व्यवस्थापनमा भाडाबापत प्राप्त भएको रकम खर्च गरिनेछ ।”  विद्यालयमा माध्यमिक तहमा शिक्षकको दरबन्दी अभाव भएका कारण पहिलो प्राथमिकता मावि तहको शिक्षक पदपूर्तिमा हुने वर्माले बताए ।

वडा कार्यालयले कहिलेकाँही उपलब्ध गराउने आर्थिक सहयोगले शिक्षक राख्न दिगो नहुने भएकाले नियमित आम्दानीका लागि सटर निर्माण गरिदिएको वडा कार्यालयले जनाएको छ ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech