१५ चैत्र २०८०, बिहीबार

कांग्रेसले लुम्बिनीका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा पार्टीबाट जितेका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले यो निर्णय गरेको हो ।

बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा, तथा विद्यार्थीलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।

पार्टीको सिद्धान्त, अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार युवा तथा विद्यार्थीलाई राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिइने छ ।

बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिलाई सुशासन र उनीहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न आग्रह गरे ।

बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्वपूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने भनाइ राखे ।त्यस्तै यही माघ २० गते भित्रमा प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लाको पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

स्थानीय तथा संघीय र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले अहिलेको सत्तारुढ माओवादीसहित ५ दलसँग गठबन्धन गरेको थियो । लुम्बिनी प्रदेशमा स्थानीय तहमा गठबन्धन सफल भएपनि मंसिरको चुनावमा असफल भएको थियो ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech