बैजनाथ\समृद्ध बैजनाथ निमार्णमा प्रदेश सरकारको पूर्ण सहयोग हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बताएका छन ।
गिरीले बैजनाथमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मानसरोवर स्मारक पार्क, गाभर भ्याली होमस्टेसँगै प्रवद्र्धनमा प्रदेश सरकारले थप आर्थिक सहयोग गर्ने बाचा समेत गरेका छन।
मानसरोवर स्मारक पार्क निमार्ण सम्पन्न भएपछि मानसरोबर जाने यात्रुहरुका लागि घुम्न आउने उपयुक्त गन्तव्य बन्ने छ, गिरीले भने।
उनले बाँके र बर्दिया जिल्लालाई सहज गर्नाका लागि प्रदेश राजधानी दाङ सारिएको समेत बताएका थिए ।
नेकपा एमाले गाउँ कमिटीको आयोजनामा उक्त अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको थियो ।
भेटघाट कार्यक्रममा प्रदेश कमिटी सदस्य जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपति जिल्ला सदस्य तथा विभिन्न भातृ संगठनहरुका प्रमुखहरुको सहभागिता रहेको थियो ।