११ बैशाख २०८१, मंगलवार

शिक्षकको तलब अपुग भएमा विवरण पठाउन निर्देशन
  • न्युज मानसराेवर

बाँके\शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र बालविकास शिक्षक/सहजकर्ताको तलब अपुग भएमा विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। यस वर्ष बढेको तलमा समेत हिसाब गर्दा विनियोजित बजेट नपुगेमा शिक्षक तलब, बालविकास शिक्षक/सहजकर्ताको पारिश्रमिक अनुदान विवरण छुट्टाछुट्टै रूपमा माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउन अनुरोध गरिएको छ।

विवरण कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० को अनुसूची १ को ढाँचाअनुसार भर्नुपर्ने सूचनामा उल्लेख छ। यस्तै उक्त विवरण रुजु गरी फागुन पहिलो साताभित्र केन्द्रको योजना तथा अनुगमन शाखामा पठाउन एकाइहरूलाई अनुरोध गरिएको छ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech