८ बैशाख २०८१, शनिबार

लुम्बिनीमा संघीयताको मर्मअनुसार शिक्षा ऐन जारी गर्न सराेकारवालाहरुकाे आग्रह
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनीबाट संघीयताको मर्मअनुसार शिक्षा ऐन जारी गर्नका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् भने लुम्बिनी प्रदेशका विभागीय मन्त्रीले प्रतिवद्धता जनाएका छन् ।शिक्षा पत्रकार समूहले लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आइतबार आयोजना गरेको अपिल सार्वजनिक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

शिक्षासँगका सरोकारवाला, सञ्चारसम्बद्ध संघसंगठन, जनप्रतिनिधि र अभियान्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष संघीय शिक्षाविधेयक तत्काल सार्वजनिक गर्न र प्रदेशमा त्यसको कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

विधेयक सार्वजनिक गरेर सरोकारवालाबीच छलफल सञ्चालन गरेर संघीयताको मर्मअनुरुप शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्न उनीहरुले अनुरोध गरे ।लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीतिभन्दा टाढा बस्नुपर्ने बताउँदै शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने बताए ।

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्मविपरित केन्द्रीकृत मानसिकता हावी रहेको बताए ।शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, शिक्षानीति तथा अभ्यास केन्द्रका अभियान्ता टीका भट्टराई, मदरसा शिक्षा सुधार समाजका अध्यक्ष अब्दुल रउफ र अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रीद्वारा जारी अपिलमा शिक्षा ऐन ल्याउन तदारुकतान ल्याउनुले नेतृत्वको अपरिपक्वता देखिनुका साथै संङ्घीयता विरुद्ध वितृष्णा फैलाउने स्वार्थ समूहलाई नै सघाऊ पुगिरहेको उल्ल्ेख छ ।कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, लुम्बिनी क्षेत्र रहेका स्थानीय तहका प्रमुखहरुलाई सो कार्यक्रममा प्रतिवद्धता गराइएको थियो ।

  • २८ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech