१२ बैशाख २०८१, बुधबार

नरैनापुरमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
  • न्युज मानसराेवर

बाँके\बाँकेको नरैनापुर गाउँपालिमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्ने अभियान सुरु भएको छ । योसँगै स्थानीय नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत मणीराम खरालले अभियानअन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु गरिएको जानकारी गराए ।

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो चरणमा चारवटा वडाबाट अभियान सुरु गरिएको बताउनुहुँदै नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले प्रत्येक वडामा दुईवटा स्टेसन रहनेगरी आठ वटा स्टेसनमार्फत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको बताए ।

गाउँपालिका भित्र सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन केन्द्रहरुको अनुगमन गर्नुहुँदै  नरैनापुरका अध्यक्ष इश्तिायक अहमद शाहले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने बताए ।

अध्यक्ष शाहले परिचयपत्र वितरण तथा तथ्याङ्क सङ्कलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।युवाभन्दा वृद्धवृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि लाइनमा बसेको देखेपछि अध्यक्ष शाहले नरैनापुरवासीको सहजताका लागि वडा परिसरमा थप स्टेशन बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गरेका छन।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech